प्रहरीले बैंकका कर्मचारी बाटोमै रोकिदिएपछि सम्पूर्ण बैंकहरु बन्द

2020-08-20

काठमाडौं - उपत्यकाभित्र स्थानीय प्रशासनले निशेधाज्ञा जारी भएको भन्दै कार्यालय हिँडेका बैंकका कर्मचारी समाएर राखेपछि सम्पूर्ण बैंकहरु बन्द भएका छन्। प्रहरीको हस्तक्षेपपछि आज बैंकहरु बन्द गर्ने निर्णय भएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए।

सरकारको अर्को कुनै निर्णय नआएसम्म बैंकहरु सञ्चालन नगरिने प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए। कार्यालय हिँडेका कर्मचारीलाई कार्यालय जान पनि नदिने तथा घर फर्कन पनि नदिने गरी समाएर राखेपछि काम गर्ने वातावरण नभएको उनले बताए।

उपत्यकाभित्र बुधबार राति १२ बजेदेखि ७ दिनको लागि निशेधाज्ञा जारी गरिएको छ। कोरोना भाइरसको बढ्दो संक्रमणपछि स्थानीय निकायले अत्यावश्यक सेवाबाहेक सम्पूर्ण कार्यहरु गर्न गराउन रोक लगाउँदै आएका छन्।

बैंक तथा वित्तीय संस्थाहरु पनि अत्यावस्यक अन्तर्गत पर्ने भएकाले नेपाल राष्ट्र बैंकले निश्चित बैंकका शाखाहरु खोल्न निर्देशन दिएको थियो। सुरक्षाका उपायहरु अपनाएर आधारभुत बैंकिङ सेवा प्रदान गर्ने निर्देशन दिए पनि राष्ट्र बैंकले उचित समन्वय नगर्दा बैंकका कर्मचारीहरु बाटोमा नै रोकिनु परेको बैंकरहरु बताउछन्।

बैंकका कर्मचारी हिँडडुल गर्नका लागि नेपाल राष्ट्र बैंकले पहल गरिरहेको छ। तोकिएका निश्चित कर्मचारीहरु निर्बाध रुपमा हिँड्न नपाउन्जेल बैंकिङ सुविधा निरन्तर नगरिने संघले निर्णय गरेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ