प्रचण्ड, खनाल, नेपालद्वारा केन्द्रीय सदस्यहरूसँग छलफल

2020-08-13

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताले केन्द्रीय सदस्यहरूसँग छलफल गरेका छन्। थापागाउँस्थित प्रेसिडेन्टल कलेजमा भेला भएर प्रचण्डसहितका नेताहरूले केन्द्रीय सदस्यहरूसँग पार्टीको विवाद समाधानका लागि सुझावसमेत मागेको बताइएको छ।

बिहीबार दिउँसो अध्यक्ष प्रचण्ड, नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताले प्रदेश ५ का केन्द्रीय सदस्यहरूसँग छलफल गरेका हुन्।

प्रेसिडेन्टल कलेजमा भएको छलफलमा अध्यक्ष प्रचण्डसहितका नेताहरूले पार्टी विवाद समाधानका लागि सुझाव माग्ने काम भएको एक केन्द्रीय सदस्यले बताए।

बुधबार सोही कलेजमा प्रचण्ड र नेपाल समूहका नेताले गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गरेका थिए। यस्तै साउन २१ गते पनि सोही कलेजमा उनीहरुले पत्रकारहरूसँग भेटघाट गरेका थिए।

लामो समयदेखि नेकपा विवाद टुंगोमा पुग्न सकेको छैन। ओली इतर पक्षले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् भने ओलीले भने अध्यक्ष तथा दुवै पदबाट राजीनामा नदिने अडान राख्दै आएका छन्।

यसैबीच बिहीबार नै भएको अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीचको वार्ता सकारात्मक रूपमा अघि बढेको बताइएको छ। बुधबार एक टेलिभिजन कार्यक्रममा बोल्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले ५ दिनभित्र नेकपा विवाद समाधान हुने ठोकुवा गरेका थिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ