बैंकहरूले आफ्ना कर्मचारीहरूलाई घरबाटै काम लगाउन पाउने

2020-08-09

काठमाडौं - बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीहरूलाई घरबाटै काम लगाउन पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले कोभिड १९ को जोखिम बढ्दै गएको भन्दै बैंकका कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि 'वर्क फ्रम होम'को व्यवस्था मिलाई कार्य सम्पादन गराउन निर्देशन दिएको छ।

नेपाल सरकराले देशका विभिन्न स्थानहरूमा लागू गरेको बन्दाबन्दी/निषेधाज्ञाले सार्वजनिक तथा निजी सवारी साधनको आवागमनमा जोरबिजोर प्रणालीलगायतका विशेष परिस्थिमा बैंक तथा वित्तीय संस्थाहरूबाट सम्पादन गरिने कार्यलाई निरन्तरता दिनको लागि स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डहरू कायमै रहने गरी बैंकिङ सेवा सुचारु गर्न राष्ट्र बैंकले अनुरोध गरेको हो।

बैंकहरूले नेपाल सरकारबाट जारी स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डसमेतको पालना गर्दै प्रदान गरिँदै आएको सेवा प्रवाहमा निरन्तरताका लागि 'विजनेश कन्टिन्युटी प्लान' तयार गरी कोभिड १९ संक्रमणको जोखिम व्यवस्थापन गर्न आवश्यकता अनुसार समूह विभाजन गरी आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउनु पर्नेछ।

प्रदेशस्थित शाखा कार्यालयहरूको हकमा सम्बन्धित प्रदेश सरकार स्थानीय तह र स्थानीय प्रशासनमार्फत हुने निर्णय वा सूचनालाई समेत आधार मानी प्रदेश कार्यालयहरूसँगको सम्बन्धमा न्यूनतम कर्मचारीबाट बैंक तथा वित्तीय संस्थाहरूको सेवा सुचारु गर्ने तथा बैकल्पिक रुपमा सञ्चालन गर्न सकिने शाखाहरू सोही बमोजिम सूचना जारी गरी बैकल्पिक रुपमा आलोपालो सञ्चालन गर्न बैंकहरूलाई राष्ट्र बैंकले निर्देशन दिएको हो।

दैनिक रुपमा सञ्चालन नभएका शाखाहरूको विवरण नेपाल राष्ट्र बैंकमा नियमित रुपमा जानकारी गराउनु पर्नेछ। साथै विद्युतीय माध्यमबाट हुने कारोबारलाई थप प्रोत्साहित गर्न समेत राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूलाई अनुरोध गरेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ