च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिए रियल मड्रिड र युभेन्टस

2020-08-08

काठमाडौं - स्पेनिस क्लब रियल मड्रिड र इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिग अन्तिम १६ बाट बाहिरिएका छन्।

शुक्रबार राति भएको अन्तिम १६ अन्तर्गतको दोस्रो लेगमा मड्रिड इंग्लिस क्लब सिटीसँग पराजित भयो भने फ्रेन्च क्लब लायोनविरुद्ध समग्रमा बराबरीका बाबजुद अवे गोलका कारण युभेन्टस बाहिरिन पुग्यो।

रियल मड्रिडविरुद्ध खेलको नवौँ मिनेटमा नै स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। २८ औँ मिनेटमा बेन्जेमाले उत्कृष्ट हेडिङ गोलमार्फत् खेल बराबरी गरे। तर पहिलो गोलमा जस्तै डिफेन्डर भारानको कमजोरीको फाइदा लिँदै सिटीका जिससले दोस्रो गोल गरे।

पहिलो लेगमा रियल मड्रिडकै मैदानमा २–१ ले जितेको सिटीले आफ्नो मैदानमा भएको दोस्रो लेग पनि २–१ ले जितेको हो। जसले समग्रमा ४–२ को जित निकाल्दै सिटी क्वार्टरफाइनलमा पुगेको छ। सिटीले अब क्वार्टरफाइनलमा लायोनसँग खेल्नेछ।

शुक्रबार राति नै भएको खेलमा क्रिष्टियानो रोनाल्डोको दुई गोलमा युभेन्टसले लायोनलाई २–१ ले हराएको हो। तर पहिलो लेगको १–० को हार युभेन्टसका लागि घातक बन्यो। समग्रमा २–२ को बराबरी भए पनि दोस्रो लेगमा अवे गोलका कारण लायोन क्वार्टरफाइनलमा पुग्न सक्यो।

खेलमा १२ औँ मिनेटमा नै पाएको पेनाल्टीमा लायोनमा डिपेइले गोल गर्दै अग्रता बनाएका थिए। जुन अवे गोल क्वार्टरफाइनल पुग्ने आधार बन्यो। रोनाल्डोले युभेन्टसका लागि ४३औँ मिनेटमा पेनाल्टीमार्फत् र ६०औँ मिनेटमा अर्को गोल गरे। तर अघिल्लो चरणका लागि पर्याप्त हुन सकेन।

च्याम्पियन्स लिग अन्तिम १६ अन्तर्गत नै शनिबार राति पनि दुई खेल हुँदैछन्। शनिबार रातिको खेलमा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब नापोली साथै जर्मन क्लब बायर्न म्युनिक र इंग्लिस क्लब चेल्सी खेल्नेछन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ