स्पेनका पूर्वराजाद्वारा देश छाड्ने घोषणा

2020-08-04

एजेन्सी - स्पेनका पूर्वराजा हुँवा कार्लोसले देश छाड्ने निर्णय गरेका छन्। भ्रष्टाचारको आरोप लागेका ८२ वर्षीय पूर्वराजाले देश छाड्ने निर्णय गरेको त्यहाँको राजदरबारले जनाएको छ। उनले आफ्ना छोरा फेलिपेलाई पत्र लेख्दै आफ्नो निर्णयबारे जानकारी दिएका हुन्। कार्लोसले ६ वर्षअघि छोरालाई सत्ता हस्तान्तरण गरेका थिए।

पूर्वराजाले भ्रष्टाचार अनुसन्धानका लागि आवश्यक परे आफू उपलब्ध हुने पनि बताएका छन्। साउदी अरबसँग भएको हाइस्पीड रेलको ठेक्कामा हुँवा कार्लोसको संलग्नताबारे स्पेनी सर्वोच्च अदालतले गत जुनमा अनुसन्धान अघि बढाएको थियो।

उनले स्पेन कहिले छाड्छन् या देश छाडेपछि कहाँ बस्छन् भन्नेबारे स्पष्ट भएको छैन।

कुशलतापूर्वक स्पेनलाई तानाशाही व्यवस्थाबाट प्रजातन्त्रसम्म डो¥याएका कार्लोसका लागि यो अपमानजनक बहिर्गमन भएको बताइएको छ। ४० वर्षसम्म शासन गरेपछि उनले सन् २०१४ मा गद्दी त्यागेक थिए।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ