शिखर इन्स्योरेन्सको ८७ हजार कित्ता हकप्रद शेयर लिलाममा

2020-07-29

काठमाडौं - शिखर इन्स्योरेन्स कम्पनीले नबिकेकाे ८७ हजार ४१२ कित्ता हकप्रद शेयर बोलकबोल लिलामबाट बिक्री गर्ने भएको छ।

कम्पनीले असार १४ देखि साउन ४ गतेसम्म चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद शेयर निस्काशन गरेको थियो। उक्त नबिकेको हकप्रद शेयर सर्वसाधारण तर्फको हो।

उक्त हकप्रद शेयरमा ९७ प्रतिशतभन्दा बढीकाे आवेदन परेको थियो। आवेदन नपरेको उक्त शेयर साउन २१ गतेदेखि २८ गतेसम्मका लागि बोलपत्र आह्वान गरेको छ। लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम माग गरिए बराबरकै लागि आवेदन दिन सक्ने छन्।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लाजिम्पाट तथा नेपाल इन्भेष्टमेन्ट बैंकका केही शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। बोलपत्र पेश गर्दा प्रतिकित्ता एक सय रुपैयाँभन्दा माथि आवेदन दिन सक्ने छन्।

हाल दोस्रो बजारमा कम्पनीको शेयर मूल्य १२४३ रुपैयाँ छ। एक वर्ष अवधिमा कम्पनीको बजार मूल्य अधिकतम १३७० र न्युनतम ७०० रुपैयाँसम्ममा कारोबार भएको छ। हकप्रद शेयर निष्काशन प्रक्रिया सकिएपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ३७ करोड रुपैयाँ पुग्ने छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ