स्थायी कमिटी बैठकअघि दुवै अध्यक्षले गरे आफूनिकटका सदस्यसँग छलफल

2020-07-28

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे स्थायी कमिटी बैठक मंगलबार बिहान ११ बजे बस्दैछ। बैठक बस्नुअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू निकट सचिवालय सदस्य र स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका छन्।

प्रचण्डले बालुवाटार जानुअघि बहुमत सचिवालय सदस्य र केही स्थायी कमिटी सदस्यसँग आगामी रणनीतिबारे अनाैपचारिक छलफल गरेका छन् भने ओलीले पनि प्रचण्डलाई भेट्नुअघि आफू निकट सचिवालय र केही स्थायी कमिटी नेताहरुसँग छलफल गरेका छ्न्।

असार १० देखि सुरु भएकाे नेकपा स्थायी कमिटी बैठकमा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि बैठक पटकपटक राेकिँदै आएकाे छ। दुई अध्यक्षबीच सहमति नबन्दा बैठक स्थगित हुँदै आएकाे हाे।


साउन ६ गते स्थायी कमिटी बैठक स्थगित भएयता दुई अध्यक्षले एक पटकमात्र छलफल गरेका छन्। साउन ९ गते १ घण्टा छलफल भएपनि कुनै सहमति निस्कन सकेको थिएन।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ