गोविन्दराज जोशीसहित तीन नेता कांग्रेसबाट निष्काशित

2020-07-26

काठमाडौं - गत निर्वाचनमा तनहुँ-१ मा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेलको बागी बनेर चुनावी मैदानमा उत्रिएका गोविन्दराज जोशीलाई कांग्रेसले कारबाही गरेको छ। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता जोशीसहित ३ जनालाई पार्टीबाट निष्काशनको कारबाही गरेको हो। यसरी कारबाही भोग्नेमा, पुस्करनाथ ओझा र रामबहादुर विष्टसमेत छन्।

पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने जोशीलाई ५ वर्षका लागि पार्टीबाट निस्काशन गरिएको समितिले जनाएको छ।

पूर्वमन्त्री एवम् कैलालीका महासमिति सदस्य ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निष्कासन गरिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवालाई कैलाली-५ बाट चुनाव हराउन भूमिका खेलेको उनीमाथि आरोप लगाइएको छ।

यस्तै डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई तीन वर्षका लागि निष्काशन गरिएको छ। अनुशासन समितिले कारबाही गर्नुअघि उनीहरूसँग स्पष्टीकरण सोधेको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ