समान धारणा बनाएर एक ठाउँमा उभिने प्रचण्ड समुहको निर्णय

2020-07-20

काठमाडाैं - नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निवास खुमलटारमा बसेको पूर्वमाओवादी पक्षीय स्थायी समिति सदस्यहरुको भेला सकिएको छ। पार्टीभित्रको विवादमा पूर्व खेमाको समान धारणा बनाउने र एक ठाउँमा उभिनेबारे भेलामा छलफल भएको एक नेताले जानकारी दिए।

भेलामा पूर्वमाओवादी खेमामा रहेका १८ स्थायी समिति सदस्यमध्ये लेखराज भट्ट बाहेक बाँकी सबै सहभागी थिए। बिहान केहीबेर बसेर निस्किएका गृहमन्त्री रामबहादुर थापा 'बादल' बैठक सकिने बेलामा फेरि खुमलटार पुगेका थिए।

प्रचण्डलाई अर्का अध्यक्ष ओलीले मंसिरमै महाधिवेशन गरेर पार्टीको एकल अध्यक्ष बनाउने प्रस्ताव गरेपछि त्यसलाई स्वीकार गर्ने कि नगर्ने भन्ने अलमलमा परेका थिए। शनिबार बेलुका भएको सचिवालय बैठकमा ओलीको प्रस्ताव स्वीकार गरेका प्रचण्डले आइतबार बिहान वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाललगायसँग आफूले ओलीको प्रस्ताव स्वीकार नगरेको बताएका थिए।

प्रचण्ड आफ्नै गुटमा आलोचित भएपछि भावी रणनीतिबारे छलफल गर्न सोमबार आफू पक्षीय नेताहरुसँग छलफल गरेका हुन्। ओलीले जबज स्वीकार गर्नुपर्ने सर्त राखेपछि दाहाल झस्केका थिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ