गोपालचन्द्र राईको गीतमा 'रिल-रियल' जोडीको अभिनय, हेर्नुहोस गित !

2020-07-18

काठमाडौँ - गोपालचन्द्र राईको शब्द तथा सागर संसार राईको स्वरमा रहेको “रुँदा रुँदै हाँसेको मान्छे” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

बिक्रम राईको संगीत, आनन्द राईको एरेन्ज र राजु कार्कीको मिक्शिंग रहेको गीतको म्युजिक भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने बिष्णु खड्काले सम्पादन तथा कलरिङ्ग गरेका हुन्।

गीतमा कलाकार लक्ष्मी बर्देवा र जीवन भट्टराईले जिबन्त अभिनय गरेका छन् । पछिल्लो समय ठुलो सानो पर्दामा नीकै चम्केको यो रंगमंचको जोडी रियलमा समेत जोडी हो भन्ने धेरैलाई थाहा नहुन सक्छ। लामो समय देखि प्रेम सम्बन्धमा रहेको यो अन्तरजातीय जोडी गत वर्ष बिबाह बन्धनमा बाँधिएको थियो।

तिन महिना अघि मात्रै 'जेल पनि सहुँला' बोलको गीतमा अभिनय गरेको यो रियल जोडीको गितले १ करोड १२ लाख बढी भ्युज बटुलिसकेको सकेको छ। एक वर्ष अगाडी दयाहांग राईसंग फिचारिंग गरेकी यी चेली (लक्ष्मी बर्देवा) को 'परानै दिन्छु' बोलको गीतले पनि उस्तै तहल्का पिटेको थियो। उनले पछिल्लो समय अभिनय गरेको चलचित्र बुलबुल निकै सफल भएको थियो।

गित, संगीत र साहित्य सिर्जनाका पारखी शब्द रचनाकार गोपाल चन्द्र राईको यो गीत रेडियो नेपालद्वारा २०७२ सालमा आयोजित 'खुल्ला आधुनिक गीत प्रतियोगिता'मा दोस्रो हुन सफल भएको थियो। त्यसको झन्डै पाँच वर्ष पछि शब्दले पूर्णता पाउँदा निकै खुसि लागेको उनले बताए । उनले आगामी दिनमा समेत यस्तै कोसेलीहरु दर्शक-स्रोतासामु प्रस्तुत गर्दै जाने बताए।

हेर्नुहोस गित




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ