असारमा मात्रै १ खर्ब रकमान्तर !

2020-07-15

काठमाडौं - अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ को अन्तिम महिना अर्थात् असारमा मात्रै ९७ अर्ब ७० करोड रूपैयाँ रकमान्तर गरेको भेटिएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन तथा आर्थिक कार्यविधि नियमावलीको व्यवस्था विपरित एकै महिनामा उच्च अंकमा रकमान्तर गरेको पाइएको हो।

महालेखापरीक्षकको कार्यालयले आफ्नो ५७ औँ वार्षिक प्रतिवेदनमा सरकारको खर्च प्रणालीमाथि प्रश्न उठाउँदै उच्च अंकमा गैरकानुनी रकमान्तर भएको उल्लेख गरिएको छ। 'कुल बजेट १३ खर्ब १५ अर्ब १६ करोड रूपैयाँमध्ये वर्ष भरीमा ३ खर्ब ५४ अर्ब ८६ करोड रूपैयाँमध्ये असारमा मात्रै ९७ अर्ब ७० करोड र आषाढ २५ पछि ३२ अर्ब ५० करोड रकमान्तर गरी विभिन्न शीर्षकउपशीर्षकमा रकम थप गरेको छ,' महालेखाको प्रतिवेदनमा भनिएको छ।

आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३५ अनुसार रकम स्वीकृत बजेटबाट मात्र खर्च गर्न मिल्ने व्यवस्था विपरीत सुरुमा बजेट व्यवस्था नगरी रकमान्तरबाट ४१ करोड ६९ लाख खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। विनियोजन ऐन, २०७५ अनुसार कुनै पनि शीर्षकमा विनियोजन भएको रकमको १० प्रतिशतभन्दा बढी रकमान्तर गर्न नपाइने भए पनि सरकारले अनुशासनहीन तरिकाले रकमान्तर गरेको हो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ